Rule 11
अनुमति नलिई माछा मार्न नपाइने
(१) कसैले अनुसूची -२ बमोजिम लाग्ने दस्तूर तिरी संरक्षकबाट अनुसूची-३ बमोजिमको ढाँचाको अनुमतिपत्र नलिई निकुञ्जभित्र रहेको खोला वा पोखरीको माछा मार्न हुँदैन ।
(२) यस नियम बमोजिम अनुमतिपत्र लिई माछा मार्न चाहने व्यक्तिले माछा मार्दा बल्छी बाहेक अन्य साधन प्रयोग गर्न हुँदैन ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि चैत्र १ गतेदेखि आश्विन मसान्तसम्म माछा मार्न पाइनेछैन।